आशा जगाउँदै विराटनगर : कोशी राजमार्ग झलमल बनाउने यस्तो छ योजना

<span class='c1'>आशा जगाउँदै विराटनगर : कोशी राजमार्ग</span> <span class='c2'>झलमल बनाउने यस्तो छ योजना</span>

विराटनगर । विराटनगर महानगरपालिका भित्र पर्ने कोशी राजमार्गको ढाटदेखि रानी खण्डको सडकमा बिद्युतीय पोल तथा लाइट जडान गर्ने कामको प्रारम्भ थालिएको छ ।

महानगरपालिकाले उज्यालो शहरको परिकल्पना गर्दै भित्री सडकहरुमा रात्रीकालिक बत्तीको व्यवस्थापन गर्दै आएको छ । त्यस बाहेक कोशी राजमार्गको मेडियन (डिभाइडर) स्ट्रिप्स क्षेत्रमा बिरुवा रोपेर सौन्दर्यकरण गरेको छ । त्यहि स्थानमा बिद्युतीय पोल तथा लाइट जडान गरेर ढाटदेखि रानीसम्म बिद्युतीयकरण गर्ने योजना अगाडी सारिएको हो ।

ढाटदेखि रानी नाकासम्म सडकको बीचमा दुवैतर्फ फर्काएर अन्तर्राष्ट्रियस्तरको सडक बत्ती जडान गर्न बजेट विनियोजन गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढिसकेको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन् । महानगरपालिकाले चालु आर्थिक वर्षमा यसको टेण्डर टुङग्याउने र आगामी आर्थिक वर्षमा लाइट जडान गर्ने लक्ष्य राखेको हो । यसका लागि ठेक्का प्रक्रियामा चैत २९ गते सुचना जारी गरेको छ ।

सहरलाई उज्यालो बनाउने लक्ष्यसहित महानगरपालिकाले राजमार्गमा बिद्युत जडान गर्ने कार्यले दुर्घटना न्युनीकरण हुने आसा समेत राखिएको छ । दुर्घटनाको कारणमध्ये डिभाइडर समेत रहेको आलोचना बढ्दै जाँदा महानगरपालिकाले आफ्नो क्षेत्र भित्रको राजमार्गलाई थप व्यवस्थित बनाउने योजना अगाडी सारेर नागरिकका लागि केहि राहत दिने प्रयास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2