आशा जगाउँदै विराटनगर : राजनीति र धार्मिक पर्यटक तान्ने बन्दैछन् पूर्वाधार

<span class='c1'>आशा जगाउँदै विराटनगर : राजनीति र</span> <span class='c2'>धार्मिक पर्यटक तान्ने बन्दैछन् पूर्वाधार</span>

विराटनगर । विराटनगर स्वास्थ्य र शिक्षाको हव मानिन्छ । पछिल्लो समय सेवा क्षेत्रमा बढ्दो लगानीले विराटनगर स्वास्थ्य र शिक्षाको हव बनेको हो ।  यी दुई क्षेत्रले दैनिक रुपमा विराटनगरमा भारत, भुटान र बंगलादेशका नागरिक समेत उपचारका लागि आउने गरेका छन् । आँखा उपचारका लागि भुटान र बंगलादेशसहित भारतका बिरामी आउने गर्दछन् । तर, आँखा बाहेकका अन्य उपचारका लागि यहाँका दुईवटा टिचिङ अस्पताल नोबेल मेडिकल कलेज, बिराट मेडिकल कलेज, विराट नर्सिङ्ग होम, न्यूरो अस्पताल आर्या न्यूरो, गोल्डेनसहितका अस्पतालमा आउने गरेका छन् ।

स्वास्थ्य र शिक्षा विराटनगरका लागि आन्तरिक पर्यटक तान्ने प्रमुख आधार समेत हुन् । बिरामी लिएर अस्पताल आउनेहरुको संख्या उल्लेख्य हुनु भनेको पनि यहाँको चहलपहल र आर्थिक स्थितिमा सुधार हुनु हो ।

तर, विराटनगरमा त्यस बाहेक पर्यटक तान्ने कुनैपनि आधार नभएको अवस्थामा पछिल्लो समय राजनीति, धार्मिक तथा ऐतिहासिक स्थानको संरक्षणमा महानगरपालिकाले लगानी बढाएको छ । जसमध्ये राजनीतिक भूगोल भएको विराटनगरका लागि पूर्व प्रधानमन्त्री पार्क एउटा महत्वपूर्ण घुम्न पुग्नुपर्ने गन्तव्य हुने आसा राख्ने संरचना निर्माण भईरहेको छ । विराटनगर ७ मा सातजना पूर्वप्रधानमन्त्रीको नाममा बन्ने प्रधानमन्त्री पार्क आगामी वर्ष सकिने योजनामा रहेको छ ।

त्यसैगरी धार्मिक आस्थालाई जगेर्ना गर्ने हिसाबले विराटनगर–२ मा सन्ध्याकालीन आरतीस्थल निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ । यो पनि विराटनगरका लागि धार्मिक पर्यटक भित्र्याउने एउटा आधार बन्ने आसा महानगरपालिकाले राखेको छ ।

त्यस बाहेक विराटनगरको दक्षिणी वडाहरुमा रानीपोखरी, मण्ठापोखरी, विराट राजाको दरबार बहुवर्षीय योजनाअन्तर्गत निर्माणको करिब अन्तिम चरणमा पुगेको प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार दक्षिणी क्षेत्रमा विकास भईरहेका पुरातात्विक तथा ऐतिहासिक यी पोखरीहरु भारतीय पर्यटक भित्र्याउने एउटा कडी हुनेछन् । पाण्डवहरुले बास गरेको विराट राजाको दरबार क्षेत्र र त्यससँग सम्बन्ध जोडिएका रानी तथा मण्ठा पोखरी विराटनगरका लागि पर्यटक पुग्ने र घुम्नुपर्ने स्थानमा पर्ने दावी गरिएको छ । महानगरपालिकाले यी संरचनाको संरक्षणमा ठूलो लगानी गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2