विराटनगर । विराटनगर–७ मा निर्माण सम्पन्न भएको विरेन्द्र सभागृह महानगरपालिकाको आसा लाग्दो आफ्नै सामुदायिक भवनको रुपमा हेरिएको छ । सामाजिक क्षेत्रमा बनेका सामुदायिक भवन जसतै सुविधासम्पन्न सभागृहको ईकोपार्क व्यवस्थित संरचना निर्माण भएको हो ।
महानगरपालिकाले २० करोड बढी लागतमा निर्माण सम्पन्न गरेको सभागृहको व्यवसायिक प्रयोगको प्रयत्न गरिरहेको छ । ६० वर्ष अगाडीको यो पुरानो भवन जीर्ण भईरहेको थियो । तर, यसलाई प्रवलीकरणमार्फत आकर्षक र चिटिक्क पारिएको छ ।
विराटनगर प्रदेशको राजधानी बनेपछि कार्यक्रमका ढाँचामा फरक आएका छन् । विराटनगरमा धेरै संख्याको उपस्थितिमा कार्यक्रम गर्ने व्यवस्थित भवन र हल थिएन । भएको विरेन्द्र सभागृह खण्डहर जस्तै बनिसकेको थियो । भवन पुरानो र जिर्ण भएपछि यसको प्रवलीकरण थालिएको थियो ।