इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईमा चुनौती भएको वस्तु प्याकेजिङका खोलबाट हुने फोहोरलाई सुरक्षित गरेर संकलन गर्ने योजना बनाएको छ । नयाँवर्ष २०८२ बाट महानगर भरी लागुहुने गरी वस्तु उत्पादन गर्ने उत्पादकले त्यसको कभरमै सन्देशमुलक सुचना उल्लेख गर्नुपर्ने नियम लगाइएको हो ।
महानगरको फोहोमैला व्यवस्थापन कार्याविधि २०८१ को दफा १२ मा उत्पादकले बजारमा बिक्रीका लागि पठाएको सामाग्रीको ¥यापरमा अनिवार्य फोहोर डस्टबिनमा भन्ने नारा र लोगो राख्नुपर्नेछ । महानगरका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार २०८२ को पहिलो दिनबाट लागु हुनेगरी यो नियम कार्यन्वयनमा ल्याईने छ । महानगरको फोहोमैला व्यवस्थापन कार्याविधि २०८१ को दफा १२ को (क) अनुसार विराटनगर महागरपालिका क्षेत्रभित्र उत्पादन हुने कुनै पनि वस्तु, सामाग्रीको खोल, प्याकेज ५ ईन्च भन्दा ठुलो भएमा खोलमा न्युनिकरण, पुनःप्रयोग तथा पुनःचक्रिय सहित यो लोगो छाप्नु पर्र्न उल्लेख छ । त्यसैगरी वस्तु प्रयोगबाट हुने फोहोर टोकरीमा फ्याँक्दै गरेको लोगो बानाउनुपर्ने अनिवार्य गरिएको छ ।
यसै गरी यसै दफाको (ख) मा विराटनगर महानगरपालिका क्षेत्रभित्र उत्पादन हुने कुनै पनि वस्तु, सामाग्रीको खोल, प्याकेट ५ ईन्च भन्दा सानो भए खोलमा थ्रिआर सहित फोहोरको टोकरीमा फोहोर फ्याँक्दै गरेको लागो छाप्नु पर्नेछ भनिएको छ । यसै दफाको पालना सोमबार अर्थात २०८२ देखी लागु हुने दाहालले जानकारी दिए । यसै कार्याविधीको परिच्छेद ६ मा कसुर, सजाय तथा पुरस्कारको व्यवस्था गरिएको छ । यस परिच्छेदको दफा १९ को ९च० मा दफा १२ को क र ख पालना २०८१ चैत मसान्त सम्म पुरानो छपाई भण्डारन सकिने अवधि राखेर सो भन्दा पछिको खोलमा न्युनीकरण, पुन प्रयोग तथा पुन चक्रीय वा थ्रीआर सहित लोगोलाई स्टिकर बनाई टाँस्नुपर्ने छ । २०८२ वैशाख १ गते पछिको खोलमा भेटिएमा उक्त त्पादनलाई जफत गरीनेछ भनी उल्लेख गरीएको छ । यस बमोजिम महानगरका वस्तु उत्पादक कलकारखानाले यो नियम को पालना नगरेको पाईएमा उत्पादित वस्तु महानगरले जफत गर्ने छ ।
यस कार्यले महानगरमा फोहोर संकनको क्रममा बनिरहेको चुनौति हटेर जाने उद्देश्य राखिएको छ । दाहालका अनुसार यसरी सामाग्रीको खोलमै फोहोर डस्टविनमा फ्याक्नुपर्छ भनेर देखाईएको लोगोले नागरिकमा सचेतना फैलाउने छ । अहिले जथाभावी सुर्तीजन्य वस्तुको खोलहरु फ्याकेको पाईन्छ । तर २०८२ देखि सुर्तीजन्य वस्तुको खोल मात्र नभएर यहाँ उत्पादन हुने हरेका वस्तुको खोलमा लोगो छपाई हुने छ ।