आशा जगाउँदै विराटनगर जाइकाको लगानी, नागरिकले पीउने छन् शुद्ध खानेपानी

<span class='c1'>आशा जगाउँदै विराटनगर जाइकाको लगानी,</span> <span class='c2'>नागरिकले पीउने छन् शुद्ध खानेपानी</span>

विराटनगर । विराटनगरमा नयाँ वर्षसँगै स्थानीयमा शुद्ध पानी खान पाउने आशा पुरा हुने देखिएको छ ।

जाईकाले खानेपानी आपूर्तीका लागि पाईप विस्तार कार्य भईरहेको छ । स्थानीयले शुद्ध पानी छिट्टै घर घरमै आउँछ भन्ने आसा राखेका छन् ।

पछिल्लो पटक विराटनगरका महानगरका प्रमुख नागेश कोइरालाको कार्यकक्षमै धाराबाट आएको फोहोर पानी लिएर विराटनगर ४ का स्थानीय पुगेका थिए । तर, खानेपानी संस्थानको पुरानो संरचनामा आईरहने यो समस्या अब समाधान हुने आसा विराटनगरवासीका लागि जागृत भईरहेको छ ।

जापान अन्तराष्ट्रिय सहयोग नियोगको अनुदान सहयोगमा खानेपानी सुधार आयोजनाले पाईप विस्तारको कार्य अन्तिम तिर पुगेको छ । जापान सरकारको सहयोगमा सुमिजु कर्पोरेशनले खानेपानी सुधार आयोजनाका लागि शहरका कालोपत्रे सडकको दुवै साइड खनेर पाइप बिछ्याउने कार्य गरिरहेको छ ।

महानगरमा जम्मा विराटनगरमा ५७ किलो मिटर खानेपानीको पाईप विस्तार कार्य भईरहेको छ। जाइकाको सहयोगमा सिमिजु कर्पोरेशनद्वारा कार्यान्वयन हुने यो परियोजनाले शहरको पुरानो र जीर्ण खानेपानी वितरण प्रणालीलाई पुनःनिर्माण गर्न लागिएको हो ।

यस आयोजना अन्तरगत खानेपानी पाइप विस्तार, विराटनगरका विभिन्न वडाहरूमा नयाँ पानी संरचनाहरू, पानी ट्याङ्की, पानीका कुवा र आधुनिक फिल्टर प्लान्ट स्थापना गरिने छ । परियोजनाको कुल लागत २ अर्ब ५४ करोड जापानी यानमा यो योजना निर्माण सम्पन्न हुने छ । यो आयोजनाले एक लाख नगरवासीलाई सुरक्षित र सुद्ध खानेपानीको पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । २०८२ मा परियोजना पूरा गर्ने योजना रहेको छ । विराटनगर महानगरपालिका, नेपाल खानेपानी संस्थान र जापानी निर्माण कम्पनी समिजिु कर्पोरेशन बीच संयुक्त प्रयासमा यो आयोजना अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2