यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

<span class='c1'>यू–१९ विश्वकप एसिया छनोट :</span> <span class='c2'>नेपालको लगातार दोस्रो जित</span>

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।

ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।
अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्