कोशी प्रदेशमा आज सार्वजनिक बिदा

<span class='c1'>कोशी प्रदेशमा आज</span> <span class='c2'>सार्वजनिक बिदा</span>

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार आज (मंगलबार) सार्वजनिक बिदा छ ।

प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ । कसै कसैले भने चैत्रको परिकार वैशाख(एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन् । विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफू भदा सानोलाई चैत्र महिनामै राखिएको पानी वैशाखको १ गते राखेर आर्शिवाद दिने र सानाले ठुलाको गोडामा राखेर आर्शिवाद लिने गर्दछन् ।
मुख्यरुपमा सिरुवा पर्वको सुरु भनेको पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रूपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रङ्ग खेल्ने परम्परा पनि रही आएको छ ।

सिरुवाका अवसरमा शुभकामना संदेश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने बताउँदै भाषा, धर्मसंस्कृति, रितिरिवाज परम्परा र संस्कारलाई जगेर्णा गर्दै अगाडि बढ्न सकेमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2