कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरुलाई महासंघको आग्रह

<span class='c1'>कक्षा १२ को परीक्षामा सहयोग</span> <span class='c2'>नगर्न शिक्षक–कर्मचारीहरुलाई महासंघको आग्रह</span>

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई अपिल गरेको छ ।

महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरुलाई आग्रह गर्दछौ ।’

उनले यो आन्दोलनलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् । ‘शिघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौ’ उनले लेखेका छन् । महासंघको नेतृत्वमा विगत १३ बर्षदेखि काठमाडौं केन्द्रीत गर्दै आइरहेका शिक्षकहरुले आन्दोलनका कार्यक्रम थप चर्काउने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्