नेकपा एमाले विराटनगर अधिवेशन : जिल्ला जस्तै दुई प्यानल, युवाबीच प्रतिस्पर्धा

<span class='c1'>नेकपा एमाले विराटनगर अधिवेशन : जिल्ला</span> <span class='c2'>जस्तै दुई प्यानल, युवाबीच प्रतिस्पर्धा</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका कमिटिका लागि जिल्ला जस्तै दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुवै समुहले निर्वाचनमा जानका लागि प्यानल घोषणा गरिसकेका छन् । पार्टी संस्थापनको नाममा यस पटक समेत नेता विनोद ढकाल र युवा नेता सागर थापा बिरुद्ध अन्य नेताहरुले मोर्चाबन्दी गरेका छन् । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षको नाममा गरेको मोर्चाबन्दी बिफल भईसकेको छ । त्यो मोर्चाबन्दी विरुद्ध नेता बिनोद ढकालले समर्थन गरेको पदाधिकारी टिम विजयी भएको थियो ।
महानगरपालिकामा समेत ढकालका विरुद्ध मोर्चाबन्दी गर्दै अध्यक्ष रोहित कोइरालालाई अगाडी सार्ने तयारीको घोषणा गरिएको छ । त्यसको काउन्टरमा महानगर सचिव बलराम गिरी (नवीन) लाई अध्यक्षमा सारिएका छन् ।

कोइरालालाई पार्टीका प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, मोरङ इन्चार्ज जीवन घिमिरे, महानगर इञ्चार्ज पर्शुराम बस्नेत, संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायतका नेताहरुको समर्थन रहेको बताइएको छ ।

गिरीलाई इतर पक्षका ढकाल, पार्टीका मोरङ अध्यक्ष अजम्बर राईसहितको समर्थन रहनेछ ।
संस्थापनको नाममा सर्वसम्मत अभ्यासमा प्रवेश गर्नु अगावै कोइरालासहितको पदाधिकारी प्यानल घोषणा गरेपछि मात्रै गिरीलाई अगाडी सार्दै उमेदवारी घोषणा गरिएको छ । यो सिलसिलामा समेत जिल्लाको जस्तै पेलान नीति अपनाइएपछि जिल्लाका उपाध्यक्ष सागर थापाको उपस्थितिमा गिरीलाई अध्यक्षको उमेदवार घोषणा गरिएको थियो ।

थापा ढकालकै साथ पाएर जिल्ला कमिटीको उपाध्यक्षमा सानदार जित हाँसिल गरेका व्यक्ति हुन् । थापाकै कारण विराटनगर महानगरपालिकामा नेकपा एमाले पार्टी बलिया बन्दै गईरहेको बेला उनलाई मानगढ खानेपानी निर्वाचनको निहुँमा पाखा लगाएर सचिव रोहित कोइरालालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । यद्यपी थापा जिल्ला कमिटिको उपाध्यक्षमा विजयी हुँदै पार्टीको काममा फर्किसकेका छन् ।

वर्तमान् महानगर कमिटी अध्यक्ष कोइरालाले आफ्ना समर्थक प्रतिनिधिसहित निकट पार्टी नेतृत्वको उपस्थितिमा आइतबार उम्मेदवारी घोषणा गरेका थिए । सोमबार विराटनगर–१३ स्थित क्षेत्र नम्बर ५ (ख) को कार्यालयमा समर्थक भेला पारेर कोइराला नेतृत्वकै वर्तमान कमिटीको सचिव रहेका गिरीलाई अध्यक्ष पदको उम्मेदवार घोषणा थापाले गराएका हुन् ।

महानगर अधिवेशनले १०१ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । एमाले विराटनगर महानगरपालिकाको दुई प्यानलमा भने युवाको बर्चश्व रहेको छ । रोहित कोइराला प्यानलमा विराटनगर ८ का वडाअध्यक्ष राम पोखरेल उपाध्यक्ष, विराटनगर ४ का नवराज काफ्ले सचिव, चन्द्रशेखर विश्वास र कला डाँगी उपसचिव रहेका छन् । यसैगरी गिरी प्यानलको उपाध्यक्षमा सुभाषकुमार न्यौपाने (सुरज), सचिवमा सचिव विज्ञान शर्मा चापागाईं, उपसचिवमा हमिद आजाद र हिमा मैनानी (पोखरेल) को उम्मेदवारी घोषणा गरिएको छ ।

दुवै पक्षका अनुहार युवा र परिपक्क छन् । अध्यक्षका उमेदवार कोइराला यस अगाडी समेत सचिव हुँदै महानगरपालिका नेतृत्व गरिरहेका व्यक्ति हुन् । कुनै समय उनका गतिविधि आलोचना गर्नेस्तरका भएपनि राजनीतिक रुपमा उनी परिपक्क मानिन्छन् । अर्का गिरी युवा उमेरमै सफल व्यवसायी समेत बनिसकेका व्यक्ति हुन् । सामाजिक रुपमा समेत चिनिएका गिरी अहिलेसम्म कुनैपनि खोट नलागेका र इमान्दार युवा मानिन्छन् ।

यसैगरी उपाध्यक्षका प्रतिस्पर्धीमध्ये राम पोखरेल र सुरज न्यौपाने, सचिवका उमेदवारद्वय काफ्ले र चापागाँई समेत पार्टीप्रति इमान्दार रुपमा काम गर्दै आएका युवा छन् । सचिवका दावेदारमध्ये चापागाँई युवाबीच लोकप्रिय र समझदार मानिन्छन् । उपसचिवमा गिरी समुहबाट दक्षिणी समेटिएका हमिद आजाद अर्का विश्वास भन्दा लोकप्रिय मानिन्छन् । महिलामा हिमा मैनाली पोखरेल र कला डाँगी रहेका छन् । महिला नेतृत्वमा प्रतिस्पर्धा गर्ने दुवैजना उतिकै लोकप्रिय रहेका छन् । यद्यपी पोखरेल पार्टीका गतिविधिमा धेरै संलग्न र परिपक्क मानिने गरेको बताइन्छ ।

अधिवेशनमा १९ वडाबाट २ सय २० जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यस्तै जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । थप १५ जना भने वर्तमान कमिटीले मनोनित गर्ने जनाइएको छ । अहिले महानगरपालिकाका अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भईसकेको छ । एमाले महानगरपालिकाको यो अधिवेशन पार्टीलाई सहि ट्रयाक दिनुपर्ने भन्ने बहस गर्ने गिरी पक्ष हावी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2