शिक्षक आन्दोलनले विराटनगरमा विद्यालयले भर्ना रोके

<span class='c1'>शिक्षक आन्दोलनले विराटनगरमा</span> <span class='c2'>विद्यालयले भर्ना रोके</span>

विराटनगर । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा संलग्न रहेपछि विराटनगरका विद्यालयमा भर्ना प्रभावित बनेको छ । आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन नगर्दा त्यसबाट कक्षा १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित हुने देखिएको हो ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित भएको छ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्राचार्य सन्तोष पोखरेलले तत्काललाई विद्यार्थी भर्नासँग सम्बन्धित सबै कार्यक्रम स्थगीत गर्नु परेको सार्वजानिक सुचना नै जारी गरेका छन् ।

आन्दोलनका कारण शिक्षक तथा कर्मचारी विद्यालयमा नआएकोले पूर्वनिर्धारित कार्यक्रम स्थगीत गर्नु परेको जानकारी दिइएको छ । आन्दोलनलाई मध्यनजर गर्दै अर्को सुचना जारी नहुँदासम्म भर्ना अभियानका कार्यक्रम रोकिएको जानकारी दिइएको छ ।

विराटनगर महानगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रुसाद ढुंगेलले शिक्षक महासंघको आग्रह अनुसार विद्यालयले भर्ना अभियानका कार्यक्रमलाई पछि गर्ने गरी सारेको जानकारी दिएका छन् । यद्यपी विद्यालयले यो विषयको जानकारी महानगरपालिकालाई दिएका छैनन् । विराटनगरको पोखरीयाले समेत पूर्वनिर्धारित कार्यक्रम स्थगीत गरेर अर्को तालिका सार्वजानिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2