विराटनगरका संभावना, राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी भारतमा छट्पटाउँदा किन दुख्दैन कसैलाई ?

<span class='c1'>विराटनगरका संभावना, राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी</span> <span class='c2'>भारतमा छट्पटाउँदा किन दुख्दैन कसैलाई ?</span>

विराटनगर। विराटनगरका क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सिद्धान्त लोहनी दुई वर्षअघि क्रिकेट लिग खेल्ने क्रममा लागेको गम्भीर चोटका कारण अहिले उपचार गराइरहेका छन्। विराटनगर निवासी लोहनी खुट्टामा लागेको गम्भीर चोटका कारण भारतको गुडगाउँमा रहेको अर्टिमिस अस्पतालमा उपचाररत छन् ।

महेन्द्र निधि टी–२० लिग प्रतियोगितामा उनी बि.सं. २०८० जेठ १९ गते जनकपुरमा भएको गण्डकी प्रदेशविरुद्ध कोशी प्रदेशको खेलमा घाइते भएका थिए। लोहनी सहभागी भएको प्रतियोगिता क्यानले नै मान्यता दिएर मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो। प्रतियोगिता २०८० जेठ १५ गतेदेखि २६ गतेसम्म जनकपुरमा भएको थियो।

कोशी प्रदेशको कप्तानका रुपमा रहेका लोहनी खेलकै क्रममा घाइते भएपछि उपचारका लागि परिवारले काठमाडौंको बीएन्डबी अस्पतालमा भर्ना गरेको थियो। उनको लिगामेन्टको अप्रेशनपछि डाक्टरले ५–६ दिनपछि डिस्चार्ज दिए। लोहनी घर फर्केको केही दिनपछि पुनः खुट्टा दुख्ने समस्या बल्झियो। उनको परिवारले पुनः अस्पताल लग्यो। त्यसैगरी क्रमश लिगामेन्टमा गम्भीर समस्या देखिएपछि बीएन्डबीमै ५ पटकसम्म अप्रेशन गरिसकिएको छ । पटक–पटक लिगामेन्टको शल्यक्रिया गर्दा पनि समस्या देखिएपछि हाल उनी उपचारका लागि भारत गएका हुन्।

भारतमा पनि अबको ३ महिनापछि फेरी अप्रेशन गर्नु पर्ने क्रिकेटर सिद्धान्त लोहनीले आवर विराटनगरलाई बताए। क्यानलाई पटकपटक जानकारी गराउदा समेत कुनै पनि प्रतिक्रिया नदिएको लोहनीले बताए। लोहनीको पारिवारिक स्रोतका अनुसार अहिलेसम्म उनको उपचारमा २० लाख रुपैयाँ खर्च भइसकेको छ। उनको उपचार अझै जारी छ। नेपाल क्रिकेट संघ (क्यान) ले अहिलेसम्म जम्मा एक लाख रुपैयाँ मात्र दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उपचारमा सहयोगका लागि उनले पटक–पटक क्यानका अध्यक्ष चतुरबहादुर चन्ददेखि अधिकांश पदाधिकारीलाई मेसेज पठाए पनि वास्ता नगरेपछि औपचारिक रूपमा आफ्नो अवस्था खुलाउँदै निवेदन समेत दिएका थिए। असार १५ गते उनले क्यानका अध्यक्षलाई सम्बोधन गर्दै क्यानका कोषाध्यक्ष, क्रिकेट मेनेजरदेखि महाप्रबन्धकसम्मलाई बोधार्थ दिए। तर कसैले सहयोगको प्रयास गरेनन्।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो एकल निर्णयले उपचार गर्न १ लाख दिएको दाबी गरे। ‘मैले उनी बिरामी भएकै बेला मेरो निर्णयमा १ लाख दिएको हो। अब त बोर्डबाट निर्णय गर्नुपर्ने हुन्छ’ उनले भने।

उपचारका क्रममा भारतको अस्पतालमा रहेका लोहनी क्यान पदाधिकारीले गरेको बेवास्ताबाट खिन्न छन्। क्यानले अहिलेसम्म उपचारका १ लाख रुपैयाँ दिएको अनि त्यो पनि निकै सोर्सफोर्सपछि मात्र पाएको उनको गुनासो छ। उनका अनुसार ५ पटक अप्रेशन गरिसके पनि चिकित्सकले अझै अप्रेशन गर्नुपर्छ भनेका छन्। तर उपचार कसरी गर्ने अन्योलमा छन् उनी।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हालका क्यान सचिव पारस खड्काले पहिलो कार्यकालको समयमा इन्जुरी भएपछि संघले १ लाख दिएको बताएका छन् । अहिलेसम्म उनलाई थप रकम दिने–नदिनेबारे आधिकारिक निर्णय नभएको भन्दै, बाँकी गर्नसक्ने जति गर्ने प्रतिक्रिया दिएका छन् ।

लोहनी विस २०७२ जेठ २७ मा राष्ट्रिय टिममा परेका थिए। उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। दाहिने हाते बल्लेबाज र लेग ब्रेक गर्ने लोहनीले २०१५ विश्व टी–२० छनोट प्रतियोगिताको नेपालको समूह चरणको अन्तिम खेलमा जर्सी विरुद्ध डेब्यु गरेका थिए। उनले भारतीय कप्तान महेन्द्र सिंह धोनीको स्टाइलमा रहेको हेलिकप्टर सट हानेर विश्व जगतको ध्यान केन्द्रित गराएका थिए। नेपाल उक्त प्रतियोगिताबाट बाहिरिए पनि लोहनीको हेलिकप्टर सट धेरैले मन पराएर हेरेका थिए र उनले एक खेल मात्र खेलेपनि आईसिसिको तर्फबाट सट अफ दि टुर्नामेन्ट जित्न सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्