म कांग्रेस र कम्युनिष्ट दुईवटै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

<span class='c1'>म कांग्रेस र कम्युनिष्ट दुईवटै गुण भएको</span> <span class='c2'>नयाँ मान्छे हो : अध्यक्ष भट्टराई</span>

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् ।

आज (बुधबार) कांग्रेस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दैँ उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् ।

‘शेरबहादुर लगायत साथिहरुलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङकुसता राजतन्त्र विरोधि चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांगे्रस निकट रहे,’ उनले भने । कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए ।

उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो । तर हनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’
उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्