नोबेल मेडिकल कलेजद्वारा सुन्दरहरैंचामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>नोबेल मेडिकल कलेजद्वारा सुन्दरहरैंचामा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर सम्पन्न</span>

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा पूर्वाञ्चल एकेडेमीको आयोजनामा मोरङ जिल्लाको सुन्दरहरैंचा वडा नं. ६ स्थित पूर्वाञ्चल एकेडेमीको प्राङ्गणमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

यस निःशुल्क स्वास्थ्य शिविरमा नोबेलका विभिन्न विशेषज्ञ चिकित्सकहरूले जेनरल मेडिसिन, हाडजोर्नी, मनोचिकित्सा, रेडियोलोजी, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा, दन्त रोग, नाक कान घाँटी, आँखाको जाँच, मुटुको ईसिजी, शल्यक्रिया र ल्याब परीक्षण लगायतका सेवाहरु प्रदान गरेका थिए।

शिविरमा विद्यार्थी र सर्वसाधारण गरेर करिब ४०० जनाले स्वास्थ्य जाँच गराएका थिए। यस अवसरमा स्थानीय नागरिकहरूले निःशुल्क स्वास्थ्य सेवा पाएकोमा आयोजक संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्