अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

<span class='c1'>अधूरो पुल निर्माणको माग</span> <span class='c2'>गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम</span>

जनकपुर । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।

आज (बुधबार) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।

राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधूरो रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् । मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’

उनका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिए । पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्