विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको निर्वाचनका लागि उमेदवार मनोनयनको प्रक्रियामा गएको छ । मंगलबारदेखि सुरु भएको अधिवेशनको आज बन्दसत्र सकेर निर्वाचन प्रक्रियामा गएको हो ।
दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । त्यसका लागि प्रतिनिधिको क्षेत्रगत संख्या तोकिसकिएको जनाइएको छ ।
महानगर कमिटीको अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वमा प्यानलै निर्वाचनमा होमिएको छ । निर्वाचन कमिटीले मनोनयन दर्ताको प्रक्रिया अघि बढाएसँगै आकांक्षीहरू मनोनयन फाराम लिएका छन् ।
निर्वाचन कमिटीले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान पनि राती नै सम्पन्न गर्ने तयारी अघि बढाएको जनाइएको छ । यस्तो छ निर्वाचन कार्यसुची...................
