विराटनगर । मोरङमा एकैदिन तीनवटा पुलको उद्घाटन गरिएको छ । मोरङको क्षेत्र नम्बर ५ अन्तर्गत निर्माण भएका ३ वटा पुलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको हो ।
मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको मन्त्री सिंहले उद्घाटन गर्नुभएको थियो । कटहरी गाउँपालिका वडा २ र जहदा गाउँपालिका ४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका ७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा २ स्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको छ ।
उपप्रधानमन्त्री सिंहले पुल उद्घाटनपछि स्थानीयवासीलाई सम्बोधन गर्दै ग्रामिण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । परिश्रमी किसानले उत्पादन गरेको तरकारी लगायतका कृषिजन्य उत्पादन बजारसम्म लगेर सहज रुपमा बढी मूल्यमा बिक्री गर्न सुलभ हुने उहाँले बताउनुभयो । सडक, पुल निर्माणले सर्वसाधारणको अवागमन वृद्धि हुँदा आर्थिक गतिविधि बढ्ने उहाँको भनाई थियो । ग्रामीण क्षेत्रमा निर्माण भएका पुल र सडकले एक स्थानीय तहदेखि अर्को स्थानीय तहलाई जोडनुका साथै अर्थतन्त्रमा टेवा पुग्ने र सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्नेमा उहाँको बुझाई थियो ।
उक्त तीन वटै ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले बताउनुभयो । उहाँले यी ठाउँहरुमा पुल नहुँदा १२ औँ महिना सर्वसाधारण समस्या झेल्दै आएको बताउनुभयो ।
थिए, बिरामीलाई समयमा उपचारका लागि लग्न नपाउँदा मृत्यु हुने, आगलागी हुँदा दमकल नजाने र वर्षायाममा अवागमन अवरुद्ध हुँदै आएको बताउनुभयो । यी पुलहरु निर्माण भएपछि सर्वसाधारणको अवागमन सहजताका साथै स्थानीय उत्पादनलाई समयमा नै बजार लगेर बिक्री गर्न पाउँदा स्थानीयको जीवनस्तर सुधारोन्मुख हुने भएको छ ।
सडक बाटो, पुल नहुँदो सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या भएको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन पहिलो काम सडक सञ्जाल भएको बताउनु भयो ।
प्रदेश सांसद अमृत अर्यालले कटहरी गाउँपालिकादेखि –भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकारण प्रस्ताव गरेको सडकको नाममा स्थानीयले समर्थन जनाउँदै उपप्रधानमन्त्री सिंहलाई चालु आबमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण गर्न आग्रह गर्नु भएको थियो ।