प्रधानमन्त्री समक्ष सगरमाथा संवाद कार्यक्रम बारे माओवदी केन्द्रको ध्यानाकर्षण

<span class='c1'>प्रधानमन्त्री समक्ष सगरमाथा संवाद कार्यक्रम</span> <span class='c2'>बारे माओवदी केन्द्रको ध्यानाकर्षण</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर माओवादी केन्द्रको सो विभागका प्रमुख माधव सापकोटासहितको टोलीले यस कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचार भन्दामाथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्त्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । उहाँले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने पनि जनाउनुुभयो ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्