एमाले मोरङमा अर्को चर्को चुनाव : विराटनगर हाँक्न यस्ताे छ प्रतिस्पर्धा

<span class='c1'>एमाले मोरङमा अर्को चर्को चुनाव :</span> <span class='c2'>विराटनगर हाँक्न यस्ताे छ प्रतिस्पर्धा</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गत उमेदवार मनोनयन दर्ता सकिएकाे छ । राति ११ बजेदेखि हुने मतदानको निर्वाचन तालिका संशोधन गर्दै  बिहीबार बिहानलाई सारिएको छ ।

उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन भने बुधबार अबेर राति नै सकिने भनिएको छ । यस अगाडि निर्वाचन समितिले राती ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकेको थियोे । जुन विषयको आलोचना भएको थियोे ।

एमालेको दशौं जिल्ला अधिवेशन गत चैतमा विराटनगरमा सम्पन्न भएको थियो । उत्त अधिवेशन पार्टी राजनीति को जिल्ला तहमा बहुआयामिक चर्चामा रह्यो । कारण थियोे  एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निकट दावी गर्ने संस्थापन भनिएको लाइन, मोरङका नेता बिनोद ढकालको समुहसँग आमनेसामने भई पराजित हुनु । यद्यपि मोरङमा कहलिएका नेता ढकाल भने केपी ओपी इतर आफ्नो लाइन नभएको दावी गर्दै आएका छन् । उनलाई भने इतर रहेको भन्दै किनारा लगाउन जिल्लादेखि, प्रदेश र केन्द्रसम्मका नेता भातपानी छोडेर लाग्दै आएका छन् ।

यति हुँदाहुँदै जिल्लाको दशौं अधिवेशनले ढकाल प्यानलमा उभिएका अध्यक्ष अजम्बर राईसहित पदाधिकारी निर्वाचित भएका थिए । त्यसपछि स्थानिय तहमा पार्टी कमिटीका अधिवेशन र नेतृत्व चयन भईरहेका छन् ।
त्यहि अन्तर्गत विराटनगर महानगरको नयाँ नेतृत्वकाे लागि दोस्रो अधिवेशन उद्घाटन, बन्दसत्र हुँदै निर्वाचन प्रक्रियामा प्रवेश भएको छ । यो अधिवेशन समेत जिल्लाको जस्तै चर्को अर्को अधिवेशन बनेको छ । तत्कालीन महानगर अध्यक्ष सागर थापालाई सामान्य खानेपानीको निर्वाचनको कारण देखाउँदै किनारा लगाएपछि संगठन  कमिटी गठन भएको थियोे । यसका अध्यक्ष रोहित कोइराला उनै थापा अध्यक्ष नेतृत्वको सचिव थिए ।

थापा ढकाललाई समर्थन गरे बापत कारवाहिमा पर्नुपर्ने कारण बेहोर्न नेता थिए । कोइराला उनीहरुले दावी गर्ने संस्थापन पक्षको भएर सचिवबाट ह्वात्तै अध्यक्ष पाउने भाग्यमानी बने । तर, यतिबेला निर्वाचन प्रक्रियामा प्यानल बनाएर कोइराला उनकै कमिटीका सचिव बलराम गिरी (नविन) को नेतृत्व प्यानलसँग आमनेसामने छन् । यी अलग–अलग प्यानलबीच हुने प्रतिष्पर्धा इगो र भावना केन्द्रीत विभाजन भएको देखिन्छ ।

इगो यो कारणले पनि प्रकट भएको प्रष्ट हुन्छ कि मोरङ अधिवेशनको परिणाम महानगरबाट उल्टाउनु संस्थापन पक्ष भनिएका नेताका लागि जस्तासुकै कार्य गर्नुपर्ने अवस्था छ । जुन शैली उद्घाटनका क्रममा महानगर इन्चार्ज पर्शुराम बस्नेतमार्फत प्रकट भएको थियोे  । उनले बिनोद ढकाललाई गरेको अपमानले संस्थापनको नाममा हुने शैली देखिएको कार्यकर्ताले बताउँदै आएका छन् ।
भावना पार्टीमा योगदान गर्नेमाथि भईरहेको ज्यादती तोड्नुसँग जोडिएको छ । यसको अर्थ, इगोसहित इन्चार्ज बस्नेतको समर्थनमा उमेदवार बनेका कोइराला र पार्टीको भावनासहित गिरी प्यानल मैदानमा उत्रिएका हुन भनेर प्रतिनिधिले लगाइरहका छन्।

यस्ता छन् उम्मेदवार ?

पर्शुराम बस्नेत हावी हुने देखिएको कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास उम्मेदवार छन ।
ढकाल प्यानल भनिएका गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हामिद आजाद छन् । 

पद र तहगत उमेदवारको व्यक्तिगत विश्लेषण गर्दा कोइराला प्यानलका उपाध्यक्ष उमेदवार राम पोखरेल बाहेक गिरी पक्षका उमेदवारसँग तुलनात्मक रुपमा बलिया र योग्य देखिने प्रतिनिधिहरुको बुझाई छ । अध्यक्ष गिरी कोइराला भन्दा कम विवादस्पद र संगतमा पनि राजनीतिक व्यक्ति निकट मानिन्छन् । कोइराला राजनीतिक भएपनि संगतमा आलोचित छन् ।

उपाध्यक्षमा कोइराला समुहका पोखरेल रुचाइएका युवामा गनिन्छन् । उनी विराटनगर ८ का वडा अध्यक्ष समेत हुन् । महानगरपालिकामा नागरिकमुखी जनप्रतिनिधिको रुपमा गनिएका छन् । अर्का सुवास न्यौपाने सुरज विराटनगर महानगरपालिकाका ३ जम्बर वडा सदस्य छन् । उनको समेत आलोचना गर्ने कुनै कार्य हालसम्म सार्वजनिक छैन ।
सचिवमा गिरी समुहका विज्ञान चापागाईं बढी चर्चामा छन् । कोइराला समुहका नवराज काफ्लेको तुलनामा उनी क्रियाशिल, संगठक र क्षमतावान  इमानदार युवाको रुपमा चिनिन्छन् । हस्पिटालिटी मेनेजमेन्टमा चापागाईंले दखल राख्छन् । तर्कमा टेकेर धारणाा राख्ने उनी सामाजिक व्यक्तित्व को छवि बनाएका युवा हुन् ।

उपसचिवमा गिरी समुहका हमिद आजादसँग चन्द्रशेखर विश्वास प्रतिस्पर्धा गर्दैछन् भने महिला उपसचिव मा हिमा मैनाली पोखरेल र कला डाँगी छन् । अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्