पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

<span class='c1'>पाकिस्तानमा भीषण असिना वर्षा, सयौं</span> <span class='c2'>गाडी र घरमा क्षति</span>

इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ ।

भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।
इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ ।

सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्