बेलायतमा राजेश हमाल र संदिप क्षेत्री स्ट्याण्ड अप कमेडी

<span class='c1'>बेलायतमा राजेश हमाल र संदिप</span> <span class='c2'>क्षेत्री स्ट्याण्ड अप कमेडी</span>

काठमाडौँ । महानायक राजेश हमाल बेलायत जाने भएका छन् ।

२७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल युके जान लागेका हुन् । कार्यक्रममा हमालको उपस्थिति बिगतको भन्दा भव्य र पृथक हुने आयोजकले बताएको छ ।

प्राय दुई–तीन डायलग र एक–दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतीका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन महानायकसंगै कमेडियन संदिप क्षेत्री र अतृप्त ब्याण्डका साथमा नविन के.भट्ट्राईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन् । स्ट्याण्ड अप कमेडीको लागि हमाललाई संदीप क्षेत्रीले साथ दिने छन् । साथै कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुको युकेको भिसा लागिसकेको छ । खुशी जीवन यापनका लागि हांसो महत्वपुर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उदेश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डाक्टर रक्षा थापाले बताइन् । साथै कार्यक्रममा उपस्थित हुन सम्पुर्णमा आव्हान गरिन् ।

त्यस्तै कार्यक्रमलाई स्तरिय बनाउन साउण्ड, स्टेज, भिडियो प्रोजेक्सन र लाइट्स्मा विशेष ध्यान दिने बेलायतका स्थापित साउण्ड इन्जिनियर हेम बिष्टले बताए। १२ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘बेष्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ ।

विष्टका अनुसार शुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्