विराटनगरमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रमको तयारी पुरा

<span class='c1'>विराटनगरमा भिटामिन ‘ए’ खुवाउने</span> <span class='c2'>कार्यक्रमको तयारी पुरा</span>

इन्दु साह
विराटनगर । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत विराटनगर महानगरपालिकामा करिब तीन हजार बालबालिका समेटिने भएका छन् । महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिय यादवले आगामी शनिबार र आइतबार दुई दिनसम्म चल्ने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएका छन् ।

महानगरपालिका भित्र ३३६ जना स्वयमसेवीका परिचालन हुनेछन् । प्रत्येक वडामा भएका स्वमसेवीकाहरुले आफ्‌नो वडामा कार्यक्रम संचालन गर्नेछन् । शनिबार र आईतवबार देशभरी ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन हुने कार्यक्रम छ ।

यसमा भिटामिन ‘ए’ छ महिनादेखि १२ महिनासम्मका बालवालिकालाई खुवाईने छ । सोहिदिन बाल भिटा पनि दिईने छ । महाशाखाका अनुसार कार्यक्रममा सहभागि बालवालिकाको कुपोषण परीक्षण समेत गरिने छ । यसै कार्यक्रम अन्तरगत जुकाको औषधि खुवाउने कार्यक्रम समेत रहेको छ ।

यस कार्यक्रममा छुटेका बालवालिकालाई अन्य समय वडाको स्वस्थ्य चौकीमै गएर उक्त भिटामिन खुवाउन सकिने छ । कार्यक्रम विहान १० बजे देखी बेलुका ५ बजेसम्म संचालन हुनेछ । स्वयमसेवीकहरु घरघरै समेत पुग्ने छन् । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम राखिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्