विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारी र १८ सदस्यका लागि मतदान हुने भएको हो । मतदानका लागि दश स्थानमा व्यवस्था मिलाइएको छ ।
उमेदवार मनोनयन गरेकामध्ये यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) प्यानल छ ।
कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वासले उम्मेदवारी दिएका छन् । गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादको उम्मेदवारी परेको छ ।
अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् । महानगर अधिवेशन वैशाख २ गते उद्घाटन भएको थियो ।