बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सामाजिक अभियन्ता एवंम् बैज्ञानिक डा.पुन सम्मानित

<span class='c1'>बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सामाजिक</span> <span class='c2'>अभियन्ता एवंम् बैज्ञानिक डा.पुन सम्मानित</span>

विराटनगर । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज समाज सेवामा उत्प्रेरित गर्न सक्रिय भूमिका खेल्ने दुई जनाई सम्मान गरेको छ।

गुठीले रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मानबाट सामाजिक अभियन्ता एवं बैज्ञानिक डा महाविर पुनलाई सम्मान गरेको छ।
यसैगरी रु २५ हजार राशीको बबरसिंह थापा सम्मानवाट कोशी अस्पतालमा दैनिक २५० जनालाई निःशुल्क खाना खुवाउने नर सेवा ,नारायण सेवा परिवारका उपाध्यक्ष देवकीनन्द अग्रवाललाई सम्मान गरेको छ।

उहाँहरुलाई प्रा कृष्ण पोखरेल, गुठीका अध्यक्ष कविराज न्यौपानेले लगायतकाले सम्मानपत्रद्वारा सम्मानित गरिएको छ।सम्मानित सामाजिक अभियन्ता एवं बैज्ञानिक डा पुनले समाजलाई सहजरुपमा सञ्चालन गर्न प्रविधिको प्रयोग जोड्ने आवश्यक भएको बताउनुभयो। उहाँले विरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्‌नो आत्मकथा पुस्तक‘ महाविर पुन, सम्झना, सपना र अविरल’ पुस्तक अहिलेसम्म ४१ जिल्लामा दुई लाख प्रति विक्री गरेको र तीन लाखप्रति विक्री गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।अर्का सम्मानित संस्थाका उपाध्यक्ष अग्रबालले पुरस्कारमा प्राप्त राशीमा थप गरी जेष्ठ नागरिक आश्रम विराटनगर–८ लाई प्रदान गर्दै अहिलेसम्म कोशी अस्पतालमा आएका विरामी तथा कुरुवाहरु एक लाख ४० हजारलाई विहानको खाना निःशुल्क उपलव्ध गराएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रा पोखरेल, गुठीका अध्यक्ष न्यौपाने, साहित्यकार प्रमोद प्रधान,गंगा सुवेदी, हरिमोहन श्रेष्ठ र दिनेश श्रेष्ठले समाजसेवा एवं नेपाली साहित्यको विकासमा गुठीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्