त्रिवि क्रिकेट मैदान पुन:र्निर्माण तोकिएकै मितिमा पूरा हुने

<span class='c1'>त्रिवि क्रिकेट मैदान पुन:र्निर्माण</span> <span class='c2'>तोकिएकै मितिमा पूरा हुने</span>

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् ।

विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं । र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं ।’
टियू क्रिकेट मैदानको बारेमा सम्बन्धित व्यक्तिहरुसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनको भनाई छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा छ । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्