एमाले महानगर अधिवेशन विशेष : ३०८ मत खस्यो, राती ११ बजेबाट गणना सुरु

<span class='c1'>एमाले महानगर अधिवेशन विशेष : ३०८ मत</span> <span class='c2'>खस्यो, राती ११ बजेबाट गणना सुरु</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अहिले ११ बजेबाट विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमा गणना सरु भएको निर्वाचन कमिटिले जनाएको छ ।
निर्वाचन कमिटीले प्रतिनिधि विवरण प्रकाशनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रियामा ढिलाई गरेका कारण बिहीबार विहानैदेखि हुने भनिएको निर्वाचन राती ६ ः ३० बजेपछि सुरु भएको थियो ।

महानगर कमिटीको दोस्रो अधिवेशनले १९१ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ । मंगलबार अधिवेशनको उद्घाटन गरिएको थियो ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी नविनले प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १६ पदमा मात्रै निर्वाचन हुन लागेको हो । अधिवेशनबाट निर्वाचित हुने ९७ जना मध्ये सदस्य पदमा ८१ जना भने सर्वसम्मत भइसकेको निर्वाचन समितिले जनाएको छ ।


अध्यक्षका दाबेदार कोइरालाले संस्थापन पक्षको प्रतिनिधित्व गरेको बताएका छन् । गिरीले भने १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटीले समर्थन गरेको संस्थापन पक्षको उम्मेदवारका रुपमा आफुलाई अघि सारेका छन् ।

 

कोइराला पक्षबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी उम्मेदवार छन् । गिरी प्यानलबाट उपाध्यक्षमा सुवासकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाँई, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्