१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

<span class='c1'>१७ औँ दिन पनि शिक्षक</span> <span class='c2'>आन्दोलन जारी, सडक अस्तव्यस्त</span>

काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन् । आन्दोलन आज (शुक्रबार) १७ औं दिन पुगेको छ ।

शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन् ।

आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ । शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्