-सुरेश कुमार पाण्डे
" त्यती दुःख गरी ल्यायको गणतन्त्र धरापमा परिसक्यो।तर धन बहादुरको फेरिपनि बुद्दी पलाएन।"-मन बहादुरले कुण्ठा पोख्यो।
" धरापमा त पर्ने नै भयो। नेताहरूले राम्रो काम नगर्दा बिचरा जनताले के गरून् त ? "- साइँली पनि ठट्टा गर्दै भनिन्।" हो देशमा महंगी उस्तै भ्रष्टाचार उस्तै छ ,अपराधीहरू खुलेआम हिंड्छन्।जङ्गली राजजस्तो भएको छ।"- मनबहादुर निरास हुँदै भन्यो।
" देशमा सत्ताइस खर्ब नाग्यो ऋणले थाहा छ की नाई ? एकजनालाई नब्बे हजार ऋण पर्छ ।"-साईँली अखबार देखाउँदै भनि।
" ऊ जसलाई सम्झेका थियौँ त्यो पनि आयो धन बहादुको ।उमेर लाँमै रहिछ मन बहादुरले प्याच्च भन्यो।
साइँलिको चियाको पसलमा गफ चलिरहेको थियो।धन बहादुर भने क्षेत्रको पूर्व सभापति अनि सभासद् पनि हो।
"सर नमस्कार "- सबैभन्दा पहिली मन बहादुर नजिकै गयो र नमस्ते गर्यो।
"सर हजुर यो गाउँमा आउनै छाड्न भयो नि ? अचेल किनहोला सर ? " -मनबहादुरले सभासद धन्बहादुरलाई कुर्सि टकार्दै भन्यो।
"के गर्ने आएर पनि तिमिहरू सधैँ सङ्घीतालाई खारेज गर्नुपर्छ भन्छौ।मलाई भने सङ्घीयता खारेज गर्दा मेरो यो समानुपातिक् सभासद नै खारेज हुन्छ की भन्ने डर लाग्छ।"-धन बहादुर सभासदले आफ्नो बिचार राखे।
घोराही-१८,दाङ