लघुकथाः कला

<span class='c1'>लघुकथाः </span> <span class='c2'>कला</span>

-ऋषि तिवारी
खोलापारीको गाउँ, गाउँ भएपनि अति नै रमाइलो ठाउँ । सबै मिलनसार मान्छे । त्यहाँका जमिन्दारपनि अति नै दयालु । आफ्ना नोकरचाकर प्रति पनि उस्तै स्नेह ।

तीनै जमिन्दारको नोकर काले बाँसुरी बजाउन पनि उत्तिकै माहिर थियो । उसले बाँसुरी बजाउने धुनको लागि निकै कलात्मक शैलीले अघि बढ्यो । ऊ बाँसुरी बजाउन प्रख्यात भयो । सबैले उसलाई चिने। फलानो जमिन्दारको नोकर काले हो । काममा पनि उस्तै पोख्त छ काले,कसैले उसको चर्चा गर्यो ।

कालेले बाँसुरी बजाएको, जमिन्दारको छोरो रवीन्द्रलाई मन पर्दैन्थ्यो । ऊ शहरबाट गाऊँ आएपछि त्यो कालेलाई जहिले हप्काउँथ्यो ।

"ए काले तँ कति बाँसुरी बजाउँछस, तेरो गुनासो एक दुई जनाले मलाई गरे तँ बाँसुरी बजाउँन छोड्दे।"

काले मनमनै सोच्छ । "मेरो कलादेखि उसलाई किन टाउको दुख्छ, मैले आदर्श मालिकको खेतबारी जोतेकै छु, मालिकलाई खुशी पारेकै छु ।"

जमिन्दार पनि एकदिन गाउँ पुगे, नोकरचाकर काम गर्न छोडेर मालिकको स्वागतको लागि अग्रसर भए।

जमिन्दारले उनीहरुको समस्या बुझ्न खोजे । के छ समस्या, पहिले कालेलाई नै सोधें । काले हडबढाएन आफ्नो मालिक आफ्नै हो भन्दै उनकै छोरो रवीन्द्रको कुरो काट्यो ।

मालिक ! रविन्द्र दादा भन्नु हुन्छ, "तँ बाँसुरी न बजा, तेरो गुनासो आयो । यो कस्तो न्याय हो मालिक ? मैले काममा काम गरेकै छु । फुर्सदको समयमा आफ्नो कलामा झागिदै छु । के म समय पश्चात स्वतन्त्र छुइनँ ?"

जमिन्दार भन्न थाले, "त्यो भातेलाई के थाहा कला ? तँ बजा बाँसुरी, कलामा जिउने अधिकार तेरो छ । काम पश्चात तेरो स्वतन्त्रता ।"

मालिकको कुरो सुनेर काले खुशी भयो । कामको लागि उहि कोदालो र बाँसुरी बोक्तै, बाँसुरीमा मिठो धुन फुक्दै हिड्यो । "तिरिरिरि मुरली बज्यो बनैमा ।" बनैमा...... हो ! बनैमा.......।

विराटनगर -६,ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्