-गीता पोखरेल
नारी हुन् एक देवी र रचना त्यो सृष्टीको गर्ने उनी
दया, माया अनि शहनशीलताको खानीमा पर्ने उनी
पिडा लुकाएर मुस्कान छरिदिने अद्भूत कलाकार हुन्
आकाशको जुन जत्तिकै दिन उज्याली घारकी उनी जुन हुन् ।
तर हुन्छ किन यी नारीहरुको हत्या र हिंसा धेरै
ज्यानै गुमाउने अकालमा कति छन् भन्न सकिन्न बरै
हिंसा हुन्छ कति दाइजोको निहुँमा, बोक्सीको निहुँमा कति
जन्माइन् छोरीमात्र भने नी कठै गर्दछन् हिंसा त्यति ।
कति पागल प्रेमीले गरेका छन् एसिड प्रहार पनि
कति अबोध छन् बलात्कृत भई ज्यानै गुमाउने अनि
हत्या, हिंसा अनि आतङ्क सहेर बाच्ने कति दिन अब
महिला हिंसा जरैदेखि उखेलेर फाल्नलाई लागाँैं सब ।
महिनावारी हुँदा गोठमा राखिने छाउपडी प्रथा अरे
आराम, न्यानो र सफा चाहिने वेला महिला कत्ति मरे
कोठीमा लगेर त्यो बेस्यालयमा बेचिने पनि उनी
जङ्गलमा पु¥याई छुरीले घाटीमा रेटिने पनि उनी ।
नसकी बालबच्चा पाल्न भनेर विदेश कति गए
सुरक्षा त्यहाँ पनि छैन बिचरा त्यँही नि शोषण भए
दुःख सुख गरी भागेर कति त फर्केर आए घर
थिचो मिचो सही बसेका कतिले ज्यानै गुमाए तर ।
यता छोराछोरी कुरिराछन् बाटो आमा आउलिन् भनी
कमाउन गएकी बिडम्वना तर बाकसमा आाइन् उनी
हाम्रै देशमा भए ठुल्ठूला महिला न्यायाधीश राष्ट्रपति
तर पिडितको घाउमा मलम लाएनन् एकै रति ।
जब आउँछ चुनाव घरघर गई देखाउछन् आस धेरै
तर पुगेपछि कुर्सीमा तिनले के गर्छन् न्याय बरै
अब हुन्न यसरी नारीहरू हो न्यायको लागि लडौँ
आफ्नो हक अधिकार पाउनका लागि सबै अगाडि बढौँ ।
हिंसा पनि कति गरेको छ यहाँ नारी विधुवा हुँदा
मन्दिर पस्न हुँदैन रे नी विचरी अछुतो भो रे छुँदा
आखिर पुरुष चै बिदुर हुँदा खेरी पुजारी चल्ने त्यहाँ
महिला हिंसा विरुद्धका लागि अब आवाज उठाउँ यहाँ ।