राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

<span class='c1'>राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै,</span> <span class='c2'>गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ ।

आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो ।

प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जानकारी दिएका छन् । उनले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने बताएका हुन् । विज्ञप्तिमा लेखिएको छ,‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ।’

यस्तै, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्