यसरी हुन्छ, विराटनगरमा फोहोर पानी तथा ढल प्रशोधन

<span class='c1'>यसरी हुन्छ, विराटनगरमा फोहोर</span> <span class='c2'>पानी तथा ढल प्रशोधन</span>

इन्दु साह
विराटनगर । विराटनगरमा महानगर क्षेत्रको घर–घरबाट निस्कने फोहर पानी तथा ढल छ तहको प्रशोधनपछि सुद्ध भएर पानीको रुपमा खोलामा पुग्दै आएको छ । यसले अब घरको ढल सिधै खोलामा मिसिने स्थिति हट्दै जाने संभावनाको ढोका समेत खोलेको छ ।

विराटनगर महानगरपालिकामा फोहर पानी तथा ढल प्रशोधन केन्द्रसम्म पुगेको मलमुत्र छ तहको प्रशोधनमार्फत प्राकृतिक पानीमा रुपान्तरण हुने गरेको हो ।
फोहोर पानी तथा ढललाई प्रशोधन गर्न वैज्ञानिक विधि प्रयोग गरिएको छ ।

विराटनगर–१४ स्थित फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रका ल्याब अफिसर श्रवण साहका अनुसार घरका च्याम्बरहरूबाट सुरु हुने ढल प्रणाली भूमिगत पाइपलाइन मार्फत गुरुत्वाकर्षणको सहायताले इनलेट, म्यानहोल हुँदै प्रशोधन केन्द्रमा पुर्‍याइन्छ । उनले भने प्रशोधन केन्द्रमा प्रवेश गरेपछि फोहर पानी सबैभन्दा पहिले इनक्लोजर च्याम्बरमा जान्छ, जहाँ बार स्क्रिनिङ प्रविधिद्वारा बोतल, प्लास्टिक, प्याडजस्ता ठूला फोहोर वस्तुहरू छुट्याइन्छन् ।
त्यसपछि सम्प वेलमा पुगेको फोहर पानी समोर्सेबल मोटरद्वारा सङ्ग्रह च्याम्बरमा पठाइन्छ । सो च्याम्बरबाट तेल र बोसो छुट्याउने गरिन्छ । यसका लागि च्याम्बरमा प्रवेश गरी बोसोयुक्त फोहोर स्किम गरिन्छ । त्यसपछि पानी ग्रिट च्याम्बरमा प्रवेश गर्छ, जहाँ बालुवा तथा गह्रौँ कणहरू जमाएर अलग गरिन्छ । त्यस पछिको चरणमा, पानी वितरण च्याम्बरमार्फत तीनवटा एनारोबिक पोखरीहरूमा पठाइन्छ ।

यी पोखरीहरूमा अक्सिजनविहीन वातावरणमा सूक्ष्म जीवाणुहरूले जैविक फोहरलाई विघटन गराइन्छ । एनारोबिक प्रक्रिया पश्चात पानी तीनवटा फ्याकल्टेटिभ पोखरीहरूमा पुग्छ, जहाँ थप जैविक शुद्धिकरण गरिन्छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त पानी सुद्ध हुन्छ । यदि अन्तिम आउटलेटसम्म पुग्ने पानी सुद्ध भए÷नभएको परीक्षण गरिन्छ । परीक्षणमा पानी प्रशोधित भएको भए पानी सिङ्गिया खोलामा सुरक्षित रूपमा छोडिन्छ । तर, हालसम्म पानी सिङ्गिया खोलामा मिसाईएको छैन । अन्तिम पोखरीसम्म पानी पुगेको छैन ।

पोखरीहरु नभरिएका कारण पानी विर्सजन नभएको हो । यसरी महानगरका २ हजार ४ सय घरको फोहोर पानी तथा ढल दैनिक प्रशोधन केन्द्रले प्रसोधन गरिरहेको छ । फोहोर पानीलाई वातावरणमैत्री रूपमा सफा पार्ने यो प्रक्रिया वैज्ञानिक विधिमा आधारित छ । यसरी फोहोर पानी तथा ढललाई प्रशोधन गर्दा वातावरण दुषित हुनबाट जोगिन्छ । यस प्रशोधन केन्द्रको क्षमता महानगरका सम्पूर्ण घरको ढल तथा फोहोर पानी प्रशोधन गर्नसक्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्