राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ परेपछि विराटनगरमा सिटी जुलुस

<span class='c1'>राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ</span> <span class='c2'>परेपछि विराटनगरमा सिटी जुलुस</span>

विराटनगर । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ लगायत राजावादीहरुले विराटनगरमा सिटी जुलुस निकालेका छन् ।

आज (आईतबार) राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले पर्चासहित सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दै नियन्त्रणामा लिएको थियो ।

उनीहरूले आफ्ना माग लेखिएका पर्चासहित सिंहदबारमा प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो । पार्टीका अध्यक्ष सहित नेताहरुलाई छाड्नुपर्ने माग राख्दै विराटनगरमा नेता–कार्यकर्ताहरुले उनीहरुको रिहाइको माग गर्दै सिटी जुलुस प्रदर्शन गरेका छन् ।

आईतबार दिउसो ४ बजेपछि गोल्छाचौकमा भेला भई मेनरोड हुदै ट्राफिक चौकमा आएर कोणसभा गरेका थिए । कोण सभामा जिल्लाका नेताहरु पार्टी अध्यक्ष सहित नेताहरुलाई छाड्नुपर्ने माग राख्दै सिटी जुलुस प्रदर्शन गरेका थिए ।

उता पक्राउ परेका अध्यक्ष सहितका नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौंले केही घन्टामै छाडिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्