शिक्षकहरुको आन्दोलन आज पनि जारी

<span class='c1'>शिक्षकहरुको आन्दोलन आज</span> <span class='c2'>पनि जारी</span>

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्