सगरमाथा संवादको शुभारम्भकै बेला एनडीसी–३.० प्रकाशित गर्ने तयारी

<span class='c1'>सगरमाथा संवादको शुभारम्भकै बेला</span> <span class='c2'>एनडीसी–३.० प्रकाशित गर्ने तयारी</span>

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् ।

जलवायु परिवर्तन, न्यायोचित रुपान्तरण र जलवायु सम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताएका हुन् ।

उनले भने, ‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक र अधिकारका लागि आफ्नो स्थापना कालदेखि आजसम्म अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र सबैको राय सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’
साथै उनले नीति संवादमार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गरिने बताए । उनले सबैको अपनत्व हुने किसिमले एनडिसी तयार हुने बताए ।

उनले भने, ‘आजको कार्यक्रममार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गर्छ । सबैको साझा र विशेषगरी सबैको अपनत्व हुने किसिमले एनडिसी तयार हुनेछ । बिशेष गरी देशमा श्रमिकको क्षेत्र अत्यन्तै बढी छ यसलाई अनुकुलन बनाउँदै सन् २०४५ सम्ममा कार्वन उत्सर्जनलाई जिरोमा पुर्याउने महत्वकांक्षी लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्