दुई दिने अन्तरराष्ट्रिय शैक्षिक सम्मेलनमा विविध विषयमा छलफल

<span class='c1'>दुई दिने अन्तरराष्ट्रिय शैक्षिक</span> <span class='c2'>सम्मेलनमा विविध विषयमा छलफल</span>

सुन्दरहरैँचा । सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, समस्या र सम्भावना तथा आपसी सहकार्यका विषयमा बृहत् छलफल गरिएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशीगरी १० विश्वविद्यालय र विभिन्न क्याम्पस तथा अनुसन्धान प्रतिष्ठानका तीन सय ३१ जना प्रतिनिधिहरू सहभागी भएको समितिका प्रमुख एवं आयोजक क्याम्पसका सहायक प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

सम्मेलनमा पहिलो र दोस्रो दिन (आइतबार) गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूले विभिन्न विषयमा प्रस्तुति दिनुभएको थियो । सम्मेलनको पहिलो दिन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा डा देवराज अधिकारी, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, आसाम डाउनटाउन विश्वविद्यालय भारतका उपकुलपति प्रा डा नारायणचन्द्र तालुकदार, काठमाडौँ विश्वविद्यालका डीन प्रा डा बालचन्द्र लुईंटेल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले विशेष सम्बोधन गर्नुभएको थियो । प्रा डा तीर्थराज खनियाँ, थाइल्याण्डकी डा अपारडि लिम र पोलैण्डका डा माइकल अपोलोसहित सामूहिक छलफल भएको थियो ।

समारोहमा नेपालस्थित अमेरिकी दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा प्रमुख रोजर कोहेन, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयाल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रा डा देवेन्द्र अधिकारीले फरकफरक तिन ठाउँमा ‘प्लेनरी सेसन’ सञ्चालन गर्नुभएको थियो । पहिलो दिन विभिन्न २५ वटा सत्र सञ्चालन गरिएको आयोजक क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनको दोस्रो दिन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलिया, काठमाडौँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञावली र त्रिविका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँले एउटै तीन वटा ‘कि नोट सेसन’ सञ्चालन गर्नुभएको थियो । दुई दिनमा सात वटा ‘कि नोट’, १० वटा ‘प्लेनरी’ र १९ वटा समानान्तर सत्रमा ६७ वटा अवधारणापत्र प्रस्तुत गरिएको सम्मेलनका कन्भेनर गुणराज नेपालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्