पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

<span class='c1'>पोखराबाट नेपाल प्रहरीका</span> <span class='c2'>नक्कली डिएसपी पक्राउ</span>

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलका बिरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्