जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित

<span class='c1'>जलवायु परिवर्तनबाट हिमाली</span> <span class='c2'>देशहरु बढी प्रभावित</span>

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।

‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं । यसले सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’
साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।

उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्