‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

<span class='c1'>‘आदिवासी जनजातिप्रति सरकार</span> <span class='c2'>सकारात्मक छ’</span>

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको चौविसौँ सत्रमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री गुप्ताले उक्त कुरा बताउनुभएको हो । सम्मेलनमा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य गर्नेबारे कुराकानी भएको उहाँले बताउनुभयो ।

मञ्चको चौविसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाका विषयमा छलफल भएको थियो । साथै, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा भएका अभ्यासको पहिचान र चुनौती बारे मन्त्री गुप्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्