गाजापट्टीमा ११ हजार बढी मानिसहरु अझै बेपत्ता, भग्नावशेषमा सयौं फसेको आशंका

<span class='c1'>गाजापट्टीमा ११ हजार बढी मानिसहरु अझै</span> <span class='c2'>बेपत्ता, भग्नावशेषमा सयौं फसेको आशंका</span>

एजेन्सी । इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ । जसमध्ये धेरै भग्नावशेषमा फसेको वा बेपत्ता रहेको आशंका गरिएको छ।

गाजापट्टीमा भग्नावशेष हटाउन आवश्यक उपकरणहरूको गम्भीर अभाव समेत भइरहेको छ । धेरैजसो मेसिनरीहरू नष्ट भइसकेका छन् वा इन्धनको गम्भीर अभावका कारण काम गर्न नसकिने अवस्थामा छन्।

संयुक्त राष्ट्र संघका अनुसार, गाजामा लगभग ९२ प्रतिशत घरहरू(लगभग ४३६,००० घरहरू) इजरायली बमबारीबाट नष्ट भएका छन् । धेरै क्षतिग्रस्त भएका छन्। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार युद्धले छोडेको भग्नावशेषहरु अनुमानित ५ करोड टनभन्दा बढी छ । हटाउन दुई दशकभन्दा बढी समय लाग्न सक्छ। जारी द्वन्द्वका कारण अक्टोबर २०२३ देखि अप्रिल २०२५ सम्म ६२,००० भन्दा बढीको मृत्यु भएको छ। यी मध्ये ५१,०६५ शवहरू बरामद भएका छन् भने ११,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता छन्।(सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्