विराटनगरको कन्चन मार्गमा फोहोर झिक्नै नसक्ने गरी बनाइएको नाला

<span class='c1'>विराटनगरको कन्चन मार्गमा फोहोर झिक्नै</span> <span class='c2'>नसक्ने गरी बनाइएको नाला</span>

विराटनगर । विराटनगर महानगरपालिका ३ को ठुलो मिलदेखि कन्चनबारी चौकसम्मको कन्चनमार्गस्थित उत्तरतर्फको नाला सफा गर्न समेत नमिल्ने गरी निर्माण गरिएको छ ।

वर्षेनी पानीको वहावले वस्ती डुबान गराउने यो नाला सफा गर्न महानगरपालिकाको टोली आज (मंगलबार) त्यतिकै फर्केको छ । सरसफाई शाखाका प्रमुख पुनम दाहालसहितको टोली सरसफाई मजदुर लिएर फिल्ड पुगेपछि नाला सफा गर्न नसक्ने भन्दै अन्यतिर काममा लागेका हुन् ।

‘यो नालालाई प्राविधिक रुपमै ‘डिफल्ट’ घोषणा गरिएको छ’ दाहालले भने त्यसैले यसलाई सफा गर्ने कुनै विकल्प छैन । नालामा फोहोर र माटो भरिएर पानी बग्न नसक्ने छ । वर्षेनी यो नालाले पानीको निकास दिन नसक्दा कन्चनबारीको राजबंशी टोलसहितका वस्ती भरिने गरेको छ । पूर्व–पश्चिम नालामा उत्तर–दक्षिणको नालाको पानीे निकासका लागि जोडिएको छ । तर, पानी भने उत्तर बगेर बस्तीमा पुग्ने गर्दछ । वर्षेनीले स्थानीयले यसको विकल्प खोज्न माग गर्दै महानगरपालिकासँग अनुरोध गर्ने गरेका छन् । तर, आरसीसी संरचना भएको नाला भत्काउने वा त्यसलाई प्रवलीकरण गर्ने योजनामा भने महानगरपालिकाले समेट्ने गरेको छैन ।

यो नालामा स्याब समेत फिक्स गरिएको छ । जसलाई उप्काएर सफा गर्ने स्थिति छैन । निर्माणमा गलत इन्जिनियरिङका कारण त्यसको असर स्थानीयले बेहोर्दै आएका छन् । यतिसम्मकी पानी कोशी राजमार्गको कन्चनबारी चौकस्थित नालामा निकास दिने भनिएको छ । तर, कोशी राजमार्गतर्फ यसको उचाई स्लोभ छ । तत्कालिन घोघा पैनीमा पानीको निकास निकाल्ने गरि बनाइको यो नाला घोघामा तत्कालिन मेयर भीम पराजुलीको आँखा पर्दा निकास बन्द भएको हो ।

घोघा मासेर सडक निर्माण गर्दा कन्चनमार्गको नालाको पानी निकास बन्द भएको छ । पराजुली मेयर हुँदा यो नालालाई घटाउने भन्दै लागत स्टिमेट निकालिएको थियो । तर, पराजुलीले यसलाई चलाउन चाहेनन् । उनी निर्वाचित भएको ढेड महिनापछि डुबान भएको राजबंशी टोलमा चप्पल लगाएर पुगेका थिए । त्यसबेला उनले तत्काल काम गर्ने गरी प्राविधिक लागत तयार पार्न लगाएका थिए । २०७४ सालमा पुरै जलमग्न भएको वस्ती २०७८ सालमा पनि त्यसरी नै डुबेको थियो । त्यसबेला समेत उनी त्यहाँ पुगेका थिए । तर, योजना नदिएको स्थानीय अहिले पनि सम्झन्छन् ।

घोघा पैनी मासेर बाटो बनाएपछि कन्चनमार्गको पानीको निकास दुवैतर्फ अवरोध छ । पश्चिमतर्फ कोशी राजमार्गको नालामा उच्च छ, पूर्वतर्फ वडा कार्यालयबाट नाला मासिएको छ । पानीको निकासका लागि कन्चनमार्ग डाउन गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । तर, यो डाउन गरेर कोशी राजमार्गको नालमा पानी पठाउँदा त्यहिको पानी फर्केर आउने अनुमान गरिएको छ । घोघापैनीमा मिसाउनका लागि ठूलो मिल पश्चिमतफएको सडकमा कल्भर्ट बनाएर पानीको निकास दिनुपर्ने देखिन्छ ।

विराटनगर महानगरपालिकाका शहरी पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाले कन्चनमार्गको नाला डिफल्ट घोषणा भएको जानकारी नभएको बताए । उनले कहिले कहाँ भयो भन्ने अहिलेसम्म जानकारी नभएको बताए । उनले नाला सफाई गर्न असजिलो भयो भन्ने कुरा समेत संस्थागत रुपमा महानगरपालिकामा नआएको बताएका छन् । तर, सरसफाई शाखाका प्रमुख दाहालले मंगलबार फिल्डमै पुगेर नाला सफा गर्न नसकिने निचोड यस अगाडी नै निकालिएको भन्दै त्यहाँको फोहोर निकाल्न नसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्