आज अर्थसहित पाँच वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

<span class='c1'>आज अर्थसहित पाँच वटा समितिको</span> <span class='c2'>बैठक बस्दै, यस्ता छन् कार्यसूची</span>

काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिको बैठक आज एकैदिन बस्ने भएको छ ।

आज (बुधबार) अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गरिनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कार्यक्रम बिहान ११ बजे संहदरबारमा बस्ने भएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६४ औँ बैठक मध्यान्ह १२ बजे बस्दैछ । सिंहदरवारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको २ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्