रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

<span class='c1'>रजक र महर्जनका परिवारलाई १०–१०</span> <span class='c2'>लाख राहत दिने सरकारको निर्णय</span>

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘२०८१ गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका स्व.पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।’
त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
उनले भने, ‘बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको गरेको छ ।’
त्यस्तै, उनले निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षकहरुले प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँन माग गर्दै उनले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

उनले भने, ‘एसइईको उत्तरपुस्तीका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं । समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ उनीहरुको भविष्य बर्बाद हुन्छ । त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ । शिक्षकहरुले त्यो काम गर्नुपर्छ । प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँनुपर्यो । तपाईहरुको माग सम्बोधन गर्न सरकार तयार छ ।’

त्यस्तै, शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा आजको दिनसम्म पनि सरकारको जानकारीमा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्