सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

<span class='c1'>सिंहदरबारमा अब बोतल र जारको पानी</span> <span class='c2'>बन्द गरिने छ : मन्त्री यादव</span>

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् ।

बुधबार सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी बितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त्य हुने रिन बताए ।

उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी बिस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी बितरण हुन्छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरुमा मेलम्चीको पानी बितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो । आगामी वैशाख अन्तिम साता सम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी बितरण गरिने मन्त्री यादवले जिकिर गरे ।

उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पुर्‍याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफुहरुको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरे ।

आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इञ्जिर प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्