काठमाडौं । भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि केन्द्र सरकारले कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानलाई कडा जवाफ दिने निर्णय गरेको हो।
बैठकपछि विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी पहलगाम हमलामा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको बलियो सङ्केत दिएको छ। बैठकले पाकिस्तानको भूमिकामाथि जोड दिदैं चार महत्त्वपूर्ण निर्णय गरेको छ, जसमा सिन्धु जल सम्झौता अन्तर्गत पाकिस्तानलाई जाने पानी रोक्ने, अटारी सीमा बन्द गर्ने, पाकिस्तानी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने र दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णयहरू गरेको छ ।
बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस. जयशंकर, वित्तमन्त्री निर्मला सीतारमण र राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल सहभागी थिए। बैठकपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सीसीएसको बैठक सम्पन्न भएको जानकारी दिएका छन्।