रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २४ जनामाथि तीन दिन म्याद थप

<span class='c1'>रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २४</span> <span class='c2'>जनामाथि तीन दिन म्याद थप</span>

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

चैत १५ गते भएको उक्त घटनामा उनीहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । पचासी जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकामा २१ जना हाजिरी जमानीमा छुटेकाले अहिले ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।

त्यसमध्ये प्रसाई र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपाराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्