हाल प्राप्त अधिकारहरु सित्तैमा आएको होइन् : मन्त्री सिंह

<span class='c1'>हाल प्राप्त अधिकारहरु सित्तैमा आएको</span> <span class='c2'>होइन् : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।

बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।

उनले भने, ‘जुन अधिकारहरु हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा आएको होइन । धेरै लामो संघर्षपछि यी अधिकारहरु प्राप्त गरेका छौं । प्राप्त अधिकारहरुलाई सुरक्षित गर्ने तपाई हामीहरुको जिम्मेवारी हो । सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ त्यो बुझ्न आवश्यक छ । अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ ।’

उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने, कार्य गर्दाखेरि सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरु अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्