भारतबाट मधेश प्रदेशका ८ जना किशोरको उद्धार

<span class='c1'>भारतबाट मधेश प्रदेशका ८</span> <span class='c2'>जना किशोरको उद्धार</span>

जनकपुर । वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरहरुको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई पक्राउ गरी छानविन गर्दा सबै बालक १८ वर्ष भन्दा कम उमेरको र प्रलोभनमा परेर आएको खुलासा भएको थियो । त्यसपछि उनीहरुलाई भारतस्थित एक सुधारगृहमा लगेर राखिएको थियो । जानकारी अनुसार भारतको दिल्लीस्थित किन इन्डिया संस्थाका नवीन जोशी र मधेश प्रदेशस्थित राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोको पहलमा बिहीबार ती किशोरहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका किशोरहरु धनुषाको जनकपुरधाम वडा नं. २० रुपैठाका १४ वर्षीय अताबुल राइन, धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. २ का १६ वर्षीय मुस्तफा राइन, धनुषाकै धनुषाधाम नगरपालिका वडा नं.२ जुगेश्वरपुरका १७ वर्षीय लक्ष्मण कुमार मण्डल, धनुषाकै धनौजी गाउँपालिका वडा नं.०५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाकै जनकपुरधाम उपमहानगरपालिका वडा नं.२० रुपैठाका १७ वर्षीय मो.दिलसाख शेख रहेका छन् ।

त्यस्तै महोत्तरीको पररिया थाना कांतिबजारका १६ वर्षीय अमरेश कुमार र महोत्तरीकै जलेश्वर नगरपालिका वडा नं.०७ का १४ वर्षीय रवि किसन महरा रहेका छन् । त्यस्तै, नरह गाउँपालिका वडा नं.१ का १६ वर्षीय प्रविण कुमार दासको पनि उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोले जानकारी दिए । उद्धार गरिएका किशोरहरुसहित ५६८ जनालाई रक्सौलस्थित दुई वटा नीजि अपार्टमेन्टमा राखेर नक्कली कम्पनी वीनमेकरको आडमा नेटवर्किङ विजनेसको तालिम दिइरहेको अवस्थामा फेला परेका थिए ।

उनीहरुलाई सो नक्कली कम्पनीका कर्मचारीहरुले अन्य चिनजानकाहरुलाई राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन इन्डिया संस्थाका नवीन जोसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्