मोरङको हरैंचामा टिपरको ठक्करबाट दुहबीका एक जनाको मृत्यु

<span class='c1'>मोरङको हरैंचामा टिपरको ठक्करबाट</span> <span class='c2'>दुहबीका एक जनाको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हरैंचा–विराट चोक सडक खण्डमा टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार विराट चोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्