विराटनगर मानगढ खानेपानी निर्वाचन : स्थानीय प्रशासनको समन्वयमा जेठ १० गतेलाई तोकियो

<span class='c1'>विराटनगर मानगढ खानेपानी निर्वाचन : स्थानीय</span> <span class='c2'>प्रशासनको समन्वयमा जेठ १० गतेलाई तोकियो</span>

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते गर्ने सर्वपक्षीय सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएका सर्वपक्षीय सहमति अनुसार निर्वाचनको मिति तय गरिएको हो ।

छलफलका क्रममा मानगढ खानेपानी समितिले निर्वाचन सञ्चालनका लागि गठन गर्ने निर्वाचन समिति समेत स्थानीय प्रशासनले तोक्नुपर्ने माग भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन गर्ने मिति यकिन भएको र त्यससँग सम्बन्धित थप तयारीमा स्थानीय प्रशासनले समन्वय र अनुगमनको काम गर्ने जानकारी दिएका छन् । विवादित निर्वाचन अदालतमा प्रवेश गरेपछि फैसलाका आधारमा गर्नुपर्ने भएकोले स्थानीय प्रशासनले त्यसको समन्वय गर्नुपर्ने स्थिति रहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् ।

जेठ १० गतेलाई तोकिएको निर्वाचन सञ्चालनका लागि गठन गर्ने निर्वाचन समिति गठन गर्ने निर्णय भने खानेपानी समितिले नै गरेर पठाउनु पर्नेछ । त्यसमा स्थानीय प्रशासनमार्फत निर्वाचन समिति गठन गरिदिन आग्रहसहितको निर्णय र पत्राचार भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उच्च बार विराटनगरलाई आग्रह गर्नेछ । सर्वपक्षीय छलफलमा मौखिक भएको सहमति कार्यन्वयनका लागि खानेपानी समितिको निर्णय आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ ।

बिहीबारको छलफलमा आगामी बुधबार पुनः सर्वपक्षीय छलफल गर्ने मिति तोकिएको छ । त्यसदिन मतदानस्थल, मतदान अधिकृत, कर्मचारीको विषयमा निर्णय लिइने छ । गतवर्ष जेठ १९ गते भएको निर्वाचनमा विवाद भएपछि स्थगीत भएको थियो । त्यसपछि उक्त निर्वाचनमा भईसकेको मतदानलाई गणना गरेर निर्वाचित कमिटि फाइनल गर्नुपर्ने र उक्तदिनको निर्वाचन रद्द गर्नुपर्ने विषयका दुईवटा रिट अदालतमा दायर भएका थिए । जसमध्ये निर्वाचन रद्द गरेर त्यहि दिन बिहान ९ बजे कायम भएका मतदाताले तीनै उमेदवारलाई मतदान गर्ने गरी आदेश भएको थियो ।

उच्च अदालत विराटनगरले गत फागुन २६ गते साविककै उमेदवार र साविककै मतदाता कायम हुनेगरी तीन महिना भित्र पुनः निर्वाचन गराउन बाध्यकारी आदेश दिएको थियो । झण्डै ६ हजार उपभोक्ता रहेको मानगढ खानेपानीको निर्वाचनमा पार्टीगत राजनीति हावी हुँदा विवाद उत्पन्न भएको थियो । त्यसमध्ये पनि नेकपा एमालेबाट दुईजना उमेदवार रहेका थिए । लालमणी भट्टराई र राम घिमिरे को आधिकारिक भन्ने विवादले नेकपा एमालेमा भाँडभैलोको स्थिति सिर्जना भएको थियो । एमालेको संस्थापन भनिएको पक्षले राम घिमिरेलाई आधिकारिक मानेको थियो । तर, संस्थापन भनिएकै अर्को पक्षले लालमणी भट्टराईलाई सहयोग गरेको थियो ।

सहयोग गरेको कारण देखाउँदै एमालेले विराटनगर महानगर कमिटिका अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र ३ नम्बर वडाअध्यक्ष लालमणी भट्टराईसहितलाई कारवाही गरेको थियो । त्यो विवादले एमालेको जिल्ला तथा स्थानीय अधिवेशन समेत प्रभावित बन्यो । तर, १० औं जिल्ला अधिवेशनबाट मानगढ खानेपानीमा किचलो मच्चाउने एमाले मोरङका लाइन पुरै विफल भईसकेको छ । जिल्ला अधिवेशनमा थापालाई कारवाही गर्ने पुरै समूह पराजित भएको थियो । महानगरपालिकाको अधिवेशनमा समेत राम घिमिरेलाई आधिकारीक उमेदवार भएको घोषणा गर्ने समुह पुरै पराजित भईसकेको छ ।

उच्च अदालत विराटनगरले फागुन २६ गते गरेको आदेश अनुसार आगामी जेठ २६ गतेसम्ममा निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय प्रशासनले उच्च अदालतको आदेश कार्यन्वयन गराउने हिसाबले खानेपानीको निर्वाचनका लागि सर्वपक्षीय छलफलसँगै त्यसको प्रक्रिया अगाडी बढाएको छ ।

निर्वाचनमा लालमणी भट्टराई, राम घिमिरे र दुर्गा चापागाँई तीनजना अध्यक्षका प्रत्यासी रहेका छन् । निर्वाचनको मिति तोकिएसँगै तीनवटै समुह मतदातासम्म पुग्ने कार्यक्रममा जुटेका छन् । यसमध्ये अध्यक्षका प्रत्यासी भट्टराईले निर्वाचनको रणनीति बनाउन शनिबार आफ्ना पक्षकासँग छलफल राखेका छन् । मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई पारदर्शी बनाउन माग गर्दै आएका भट्टराई सामाजिक व्यक्तित्वको रुपमा स्थापीत रहेका छन् । उनले खानेपानीमा गर्नुपर्ने सुधारका मागलाई यस अगाडी राखेका कारण उनीसँग एउटा समूह पुरै नकारात्मक रहँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्