सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

<span class='c1'>सिकलसेल एनिमिया र थालसेमियामा</span> <span class='c2'>प्रयोग हुने खोप हस्तान्तरण</span>

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ । विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उहाँले बताउनुभयो । “हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन् । ”, मन्त्री पौडेलले भन्नुभयो ।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताउनुभयोे । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ । मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ । क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्